राष्ट्रपतिको चुनावमा बाइडेनको जित मुस्किलः बाराक ओबामा

अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताउनुभएकाे छ ।

‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिनुभएकाे छ ।

ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्नका लागि आवश्यक रहेको पनि बताउनुभएकाे हाे । ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ ।

अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट ओबामाको नाम पनि थपिएको छ, जहाँ उनी बाइडेनका सबैभन्दा ठूलो समर्थक भएका छन् । यसअघि प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताउनुभएकाे थियाे ।

Facebook Comments