प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त गर्नुभएकाे छ । दोस्रोपटक २0७४ सालमा प्रधानमन्त्री बन्दाको जस्तै यसपटक पनि उहाँले संसद्को विश्वास प्राप्त गर्नुभएकाे हाे ।  

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग गत असार १७ गते भएको सहकार्यको सहमतिको विस्तारित निर्णायक रुपमा शुक्रबार संसद्मा दुई तिहाई मतको रुपमा प्रकट भएको हो ।

प्रधामनन्त्री ओलीले आफ्नाे नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशाकाे सञ्चार भएकाे जिकीर गर्नुभयाे । उहाँले आर्थिक संकटकाे समाधान, संविधान संशोधनमा राजनीतिक समझदारी र सुशासन कायम गर्ने ध्येय रहेकाे वताउनुभयाे ।

Facebook Comments