बाइडेनले आगामी निर्वाचनमा राष्ट्रपति पदमा पुनः उम्मेदवारी नदिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घाेषणा गर्नुभएकाे छ । आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।

बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिनुभएकाे हाे । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ भएकाे भन्दै डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए।

बाइडेनले पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने पनि घोषणा गर्नुभएकाे छ ।

Facebook Comments