पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएकाे हाे ।

मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको पाेखरेलकाे राजीनामामा उल्लेख छ ।

महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको अवस्थामा पाेखरेलकाे राजीनामा आएकाे हाे ।

उहाँले निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा गर्नुपरेकाे पत्रमा उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments