५ रुसी आरोहीको शव काठमाडाैं ल्याइयाे
मौसमी प्रतिकूलताकाे कारण गत असाेज २२ गते मृत भेटिएका ५ रुसी आरोहीको शव १० दिनपछि काठमाडौंमा ल्याइएको छ ।
असोज २० को राति ११ बजेबाट सम्पर्कविहीन भएका आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोईको शव असाेज २२ मा भेटिएकाे थियाे ।
बुधबार हेलिकोप्टरबाट उनीहरूकाे शव काठमाडौं ल्याइएको हो । शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा राखिएकाे छ ।

Facebook Comments

