पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्नुभएकेा छ ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ पुर्जी लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले कास्की जिल्ला अदालतबाट १४ जना विरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
Facebook Comments

