प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गर्नुभएकाे छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षिय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको बताउनुभएकाे थियाे ।
प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।
नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो ।
भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहचिव गणेश ढकाललगायत सहभागी हुनुभएकाे थियाे ।
Facebook Comments

