राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएकाे छ ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान उपचारार्थ भर्ना गरिएको हो ।

पौडेल प्रोस्टेटसम्बन्धी स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ ।

Facebook Comments