दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाकाे मृत्यु
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाकाे मृत्यु भएकाे छ । दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार जेजु एअरलाइन्सकाे विमान दुर्घटनाग्रस्त भएको हाे ।
योनहाप समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियाे । विमान ठाेक्किएपछि आगो लागेकाे थियाे ।

देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
Facebook Comments

