माैसमः पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु /कुहिरो लागेको अवस्था छ।
यस्तै,आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ भने तराई र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने जनाएकाे छ ।

