दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् ।
भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा याेलमाथि अनुसन्धान भइरहेकाे छ ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेपछि विवादित राष्ट्रपति याेलविरूद्ध संसदले महाअभियाेग प्रस्ताव पास गरेकाे थियाे ।
याेल विरूद्धकाे अभियाेग संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।
Facebook Comments

