उच्च अदालतकाे अन्तरिम आदेशः पाेखरामा कोटिहोम गर्न देउ
पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका गर्नका लागि अवराेध नगर्न उच्च अदालत पाेखराले अन्तरिम आदेश जारी गरेकाे छ ।
आयाेजक संस्थाले दिएकाे रिट निवेदनकाे सुनुवाइ गर्दै साे महायज्ञ गर्न कुनै बाधा, अवरोध नगर्नु, नगराउनु भनी सम्मानित उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरी १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको हाे ।
Facebook Comments

