स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चाेरीमा संलग्न ८ जनालाई पक्राउ गरेकाे छ ।

गत चैत्र १३ गते राति जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित घरमा पार्किङ गरी राखिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै लामाचाैरमा चैत्र १६मा शंकास्पद अवस्थामा २ बालकले स्कुटर चलाएकाे भेटेकाे थियाे ।

जिल्ला कास्की पोखरा महागरपालिका वडा नं.१६ लामाचौर स्थित माथिल्लो दिपमा २ जना (अं.१६ वर्ष र १७ वर्ष) बालकले ग ८ प ५४२९ नम्बरको चलाईरहेका बालकहरूले सोधपुछका क्रममा चैत्र १४ गते राती जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ हल्लनचोक अगाडीको सडकमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरेर ल्याएको बताएको प्रहरीकाे भनाइ छ ।

निजहरुलाई उक्त स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा निजहरुले विभिन्न मितिमा विभिन्न स्थानबाट पुराना मोडलका स्कुटरहरु चोरी गर्ने र केही दिन चलाई अन्यत्र स्थानमा लगी छाड्ने गरेको प्रहरीलाई बताएका थिए ।

प्रहरीले अनुसन्धानपछि १० वटा स्कुटरहरु बरामद भएको जनाएकाे छ ।

त्यस्तै घटनामा संलग्न जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ दिप बस्ने वर्ष २० को दिनेश गुरुङ र अन्य ७ जना (१३ वर्ष देखी १६ बर्ष उमेर समुहका) बालकहरु समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले उल्लेख गरेकाे छ ।

Facebook Comments