मधेस केन्द्रित दलहरूले सात दलीय मोर्चा घोषणा गर्ने

पहिलो उपेन्द्र यादवकाे नेतृत्व

मधेस केन्द्रित जनता समाजवादी दल लगायतका राजनीतिक दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल सहभागी रहने बताइएको छ । 

मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ । 

सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छ । 

मोर्चाको आलोपालो नेतृत्व गर्ने सहमति भएकाे छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताएको छ । स्रोतका अनुसार यो सात दलीय मोर्चामा नागरिक उन्मुक्ति पार्टी पनि नरहने अवस्था रहेको देखिएको छ । 

Facebook Comments