शिक्षक महासंघकाे आन्दोलन, वार्तामा नआएकाे सरकारकाे प्रतिक्रिया


सरकारले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा बस्न अनिच्छुक रहेकाे बताएकाे छ ।

शिक्षक महासंघका प्रतिनिधिहरू अनुपस्थित भएपछि वार्ता हुन सकेन् ।

शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता हुन नसकेको मन्त्री भट्टराईले जानकारी दिनुभयाे ।

भट्टराईका अनुसार शिक्षकका मागहरुलाई सम्बाेधन गर्ने क्रममा रहेकाे र सरकार लचिलाे भएर प्रस्तुत भइरहेकाे छ ।

शिक्षामन्त्री भट्टराईले भन्नुभयाे, ‘मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौं तर उहाँहरु आउनुभएन । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौं । वार्ताका लागि मन्त्रालय सँधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौं ।’

Facebook Comments