रवि र छवि दुवै जना पुर्पक्षका लागि थुनामै बस्नुपर्ने
लामिछाने पत्नी निकिता पौडेलकाे बन्दीप्रत्यक्षीकरणको रिटमा उच्चकै आदेश ठीक रहेकाे सर्वाेच्चकाे निष्कर्ष
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरकाे आदेश गैरकानूनी रहेकाले रिहाइ हुनुपर्नेभन्दै लामिछाने पत्नी निकिता पाैडेले रिट दायर गर्नुभएकाे थियाे ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लाामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।
तर, उच्च अदालत बुटवलले चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउन आदेश गरेको थियो ।
यसअघि सर्वाेच्चले लामिछानेलाई रिहा गर्न आदेश गर्ने आशमा रास्वपा कार्यकर्ता सर्वाेच्च अदालत परिसर पुगेकाे थियाे ।

