नेसपा श्रेष्ठ समूह माओवादी केन्द्रमा मिसिँदै

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच सोमबार एकता हुँदै छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो । 

कार्यक्रमकाे तयारी पुरा भएकाे बताइएकाे छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा साेमबार ११ बजे एकता घोषणा कार्यक्रम तय गरिएको छ । 

Facebook Comments