देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे बचाउमा लागेकाे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बैठक बोलाइएकाे हाे ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण र समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिनुभयाे ।
Facebook Comments

