सामाजिक सञ्जाल प्लेटफर्म सात दिनभित्र सूचीकृत हुनुपर्ने

नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मले सात दिनभित्र सूचीकृत हुनुपर्ने भएकाे छ । सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन सूचना जारी गरिएकाे छ ।

बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना मार्फत् सूचीकरणका लागि अनुराेध गरेकाे हाे ।

‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम मन्त्रालयका अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी वा व्यक्तिले सूचीकरणाका लागि निवेदन दिनुपर्नेछ ।

यसका लागि अनुसूची १ अनुसारको ढाँचा प्रयोग गरी आवश्यक कागजात संलग्न गर्नुपर्ने छ।

त्यसैगरी, सूचीकरणका क्रममा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

निर्देशनअनुसार तोकिएको समयसीमाभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइने र सूचीकरण गरेपछि पुनः सक्रिय गराइने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइएको मन्त्रालयले जनाएको छ।

Facebook Comments