एमाले सचिवालय बैठक बस्दै

विधान महाधिवेशनकाे तयारीबारे छलफल हुने

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनकाे तयारी र प्रस्तुत गरिने प्रतिवेदनबारे छलफल हुनेछ ।

बैठकमा भदाै २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्ने तयारी छ ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । साे महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदै छन् । 

पूर्व राष्ट्रपतिले एमालेमा भूमिका दिने कि नदिने भन्ने बिषयमा एमालेमा विवाद रहेकाे छ । साे विषयमा समेत फरक मत रहेकाले विधान महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमाथि पनि छलफल हुने बताइएकाे छ ।

Facebook Comments