सामाजिक सञ्जाल बन्द हुँदै

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द गराउन थालेका छन् ।

सामाजिक सञ्जाल फेसबुक सिजी नेट, वर्ल्डलिंक, नेपाल टेलिकम लगायतका इन्टरनेट प्रदायकहरूले आईपी एड्रेसबाट सामाजिक सञ्जाल चलाउन नमिल्ने बनाएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघले शुक्रबारबाट सरकारकाे निर्देशन बमाेजिम सरकारले बन्द गर्ने निर्णय गरे अनुसारका सामाजिक सञ्जाल बन्द हुने बताएकाे छ ।

नेपाल सरकारले शुक्रबारदेखि सर्वाेच्च अदालतकाे आदेश एवं सूचीकृत हुने दिएकाे समयमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेकाे छ । यसकाे सत्तारूढ दलका नेताहरूले नै विराेध गरेका छन् ।

Facebook Comments