कांग्रेसकाे देउवा पक्षले सर्वाेच्चमा रिट दिने
नेपाली कांग्रेस आधिकारीकता गगन थापा नेतृत्वकाे कार्य समितिले पाउने निर्वाचन आयाेगकाे निर्णय विरूद्ध शेरवहादुर देउवा पक्ष अदालत जाने भएकाे छ ।
साे पार्टीका देउवा सभापति रहँदाकाे केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय विरूद्ध अदालत जाने निर्णय गरेको हाे ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आयोगविरूद्ध आइतबार नै सर्वोच्च अदालत जाने निर्णय गरेको हाे । साेका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय भएकाे छ ।
बैठकले कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने पनि निर्णय लिएको छ ।
शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन तथा नेतृत्वकाे केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो । देउवा पक्षले भने साे निर्णय कानुन विपरीत रहेकाे जिकीर गरिरहेकाे छ ।
नियमित महाधिवेशन टरेपछि पुस २७ देखि काठमाडौंमा विशेष महाधिवेशन भएको थियो । त्यसले गगन थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको छ।

