जापानमा प्रधानमन्त्री ताकाइचीकाे दललाई अत्यधिक बहुमत
जापानको तल्लाे सदनकाे निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ ।
आइतबार भएको निर्वाचनबाट प्रधानमन्त्री ताकाइचीको पार्टी एलडिपीले ३१६ सिट जितेर ऐतिहासिक विजय हासिल गर्न सफल भएकाे हाे ।

यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको छ भने एलडिपी गठबन्धनले ३५२ सिट हाँसिल गरेकाे छ । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ।
जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो । यसअघि १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेकाे पालामा ३०० सिट हाँसिल भएकाे थियाे ।
त्यतिबेलाको रेकर्डलाई अहिले ताकाइचीकाे नेतृत्वमा एलडिपीले ताेडेकाे हाे ।
पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिने बताउनुभएकाे थियाे ।

