माैसमः पश्चिमी न्यून चापीय र स्थानीय वायूको प्रभाव, केही स्थानमा हावाहुरी र असिना पर्ने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश बादल लागेको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम सम्मको वर्षा एवं हिमपात भईरहेको छ ।

शनिबार दिउँसो देशभर अधिकांश बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।

त्यस्तै  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू,  कर्णाली प्रदेशको केही स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशको  थोरै  स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरी  सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले कोशी, मधेश र लुम्विनी प्रदेको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी तराई भू-भागमा आँशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशका लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरी  सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments