उपसभामुखमा नेकपा र श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दिने तयारी

प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएका छन् ।

पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार सामाजिक सञ्जालमा उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिनुभएकाे हाे ।

सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डिपी अर्याल हुने निश्चित भएको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

संविधानमा उपसभामुख फरक दल र लिङ्गकाे हुनुपर्ने प्रावधान रहेकाे छ । साेही बमाेजिम उपसभामुखमा कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

Facebook Comments