राष्ट्रपतिले संघीय संसदलाई सम्बोधन गर्नुहुने, दुवै सदनका अधिवेशन पनि आज रातीबाट अन्त्य हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएकाे छ । राष्ट्रपतिकाे सम्बाेधनका लागि दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएकाे छ । राष्ट्रपतिकाे सम्बाेधनका लागि दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । उक्त बैठकमा सबै सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

यसैवीच संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय लिनुभएकाे छ ।

फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । अब सरकार बजेट अधिवेशनको तयारीमा लाग्नेछ ।

Facebook Comments