माैसमः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ ।
महाशाखाका अनुसार यतिबेला देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
महाशाखाले विहीबार दिउँसाे कोशी प्रदेशको पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
विहीबार राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

