रास्वपामा मन्त्रिले १८ हजार र सांसदले १६ हजार ५ सय लेबी तिर्नुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ ।

रास्वपा संसदीय दलकाे बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

मन्त्री एवं सांसदका स्वकीय सचिवले मासिक रूपमा उनीहरूले दुई हजार लेबी दिनुपर्नेछ ।

रास्वपाबाट प्रधानमन्त्रीसहित १६ मन्त्री छन् भने १८२ जना सांसद छन् । याे निर्णयसँगै रास्वपामा लेबी बापत नै लाखाैं रकम जम्मा हुने भएकाे छ ।

Facebook Comments