माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । 

दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको  पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल  लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Facebook Comments