मिनी संसदका रूपमा चिनिने संसदीय समितिमा नेतृत्व चयन
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ
मिनी संसदका रूपमा चिनिने संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा सभापति चयन गरिएकाे छ ।

शुक्रबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराउनुभएकाे हाे ।
सभामुखले समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै संसदीय प्रक्रियालाई प्रभावकारी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयाे ।

संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरूको नेतृत्व चयन भएको थियो ।
Facebook Comments

