रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।
झाका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।
पार्टीकाे सचिवालय बैठकले पार्टी गतिविधि ब्रिफिङ, २० जना केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, पार्टी पदाधिकारी चयन, महाधिवेशनकाे कार्यविधि, विधान संशाेधन, स्थानीय तहकाे उम्मेदवार क्लब गठन लगायतका एजेण्डामा छलफल गर्ने तयारी गरेकाे छ ।
त्यस्तै प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा र विविध विषयमा छलफल एव्ं निर्णय हुने प्रवक्ता झाले जानकारी दिनुभयाे ।
Facebook Comments

