माैसमः पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसाे कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी  भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा  तातो दिन हुने सम्भावना रहेको र देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ। 

Facebook Comments