रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएकाे छ।
सांसद एवं निवर्तमान सभापति राजन गाैतम र अन्य २ जना उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी हुनुभएकाे हाे । विधान अनुसार ५१ प्रतिशत मत पाएपछि त्रिपाठी पहिलो चरणमै निर्वाचित हुनुभयाे ।

त्रिपाठीले २३४ मत पाउँदा सांसद एवं पूर्व सभापति राजन गौतमले १८२ मत प्राप्त गर्नुभयाे । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले जम्मा २ मत पाएका थिए।
शुक्रबार राती भएको मतदानमा कुल ७८० अधिवेशन प्रतिनिधी रहे पनि ४३७ जनाले मतदान गरेका थिए ।
रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति पदने सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ ।
Facebook Comments

