माैसमः कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना

हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल तथा मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख गरेकाे छ।

त्यस्तै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि गर्मी बढ्ने उल्लेख गरेकाे छ ।

साेमबार राती राती कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थान मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको तथा कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments