चार प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

मंगलबार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने, देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केहि स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

मंगलबार राती देशभर अधिकांश बादल लाग्ने, देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

रातकाे समयमा कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा  मधेश प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।

Meteorological Analysis

Facebook Comments