कोशी, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षा हुने

पछिल्लो ६ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षा भएको छ । भने कोशी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल बागमती, लुम्बिनी प्रदेशका केहि स्थानमा तथा कोशी, गण्डकी तथा कर्णाली प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाले आईतबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ । 

आईतबार देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश सहित कोशी, बागमती, गण्डकी,  लुम्बिनी प्रदेशको पहाडी  र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

आईतबार राती कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

Facebook Comments