माैसमः चार प्रदेशका पहाड र तराईका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।

त्यस्तै हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।

महाशाखाका अनुसार यतिबेला देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी , कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

शुक्रबार दिउँसाे देशभर साधारणतया बादल लाग्ने तथा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा , कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा गण्डकी  र लुम्बिनी प्रदेशको तारईको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राती देशभर साधारणतया बादल लाग्ने, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

Facebook Comments