माैसमः काेशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमका केही स्थानमा अति भारी वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
आइतबार देशका अधिकांश स्थानमा बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आइतबार दिउँसाेकाे समयमा देशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
देशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आइतबार राती पनि देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
महाशाखाले कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाका अनुसार रातकाे समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराईका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


