कास्कीमा सार्वजनिक बसमा चाेरीगर्ने ३ जना व्यक्ति पक्राउ, विदेशी सहितकाे चाेरी गर्ने गिराेह समेत नियन्त्रणमा

जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढी रहेका सूचनाहरु आएकोले जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चाेरीका घटनामा संलग्न ४ विदेशी सहित ९ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

सूचनाकाे सुक्ष्म रुपले अनुसन्धान गर्दै जाँदा श्रृङ्खलाबद्ध रुपमा चोरीका घटनामा संलग्न निम्नस्थान बस्ने निम्न ९ जना व्यक्तिहरुलाई चोरीका सामानहरु सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

असाढ १४ गते पाेखरा १८ बस्ने हेमराज गिरीकाे घरमा, त्यस्तै पाेखरा १७ का शिवप्रसाद बरालकाे घरमा असाढ ४ गते, पाेखरा १८का गिरिधारी श्रेष्ठकाे घरमा असा९ १५मा, पाेखरा ८का माैसम खतामीकाे घरमा समेत चाेरी गरेकाे साे गिराेहका व्यक्तिहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ व्यक्तिहरुको विवरण

  • भारत देश उत्तर प्रदेश अशोकपुर (सतहा),
  • विशेषरगंज, बस्ती स्थायी वतन भएका वर्ष २३ का राहुल निषाद,
  • भारत देश महारास्ट्र सोलापुर स्थायी वतन भएका वर्ष ४० का सोमनाथ हनुमंत जाधव
  • चीन देश guizhou स्थायी वतन भएका वर्ष ३० का wen Jie
  • चीन देश shandong स्थायी वतन भएका वर्ष ३७ का Wang Lianyin
  • जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं। ३ स्थायी वतन भएका वर्ष ४२ का
    राजकुमार बि.क.
  • जिल्ला कास्की अन्नपुर्ण गा।पा। वडा नं। ७ स्थायी वतन भएका वर्ष ५० का राजु के।सी।
    भन्ने खिम बहादुर क्षेत्री,
  • जिल्ला अर्घाखाँची भुमिकास्थान न।पा। वडा नं। ३ स्थायी वतन भएका वर्ष २९ का
    अशोक पोख्रेल
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। १६ दिप स्थायी वतन भएका बर्ष ५१
    का केशब पाइजा मगर
  • जिल्ला बागलुङ बागलुङ नगरपालिका वडा नं। १२ स्थायी वतन भएका बर्ष २७ का
    अनिल बि.क.

बरामद सामानहरुको विवरण
१। मोवाईल फोन थान( ९, स्मार्ट घडी थान(१, ल्यापटप थान(१,
२। १।३९४ तोला तौल भएको ब्रासलेट थान (१,
३। ०।६४४ तोला तौल भएको सुनको टुक्राहरु थान(५,
४। ९।३४२ तोलाको सुनको ढिक्का थान १,
५। १।८७३ तोलाको सुनको ढिक्का थान १,
६। १।०५४ तोलाको सुनको ढिक्का थान १,
७। ०।५०५ तोलाको सुनको ढिक्का थान १,
८। ०।४७ तोलाको सुनको ढिक्का थान(१,
९। नगद रु।२,०१,२२०। दुई लाख एक हजार दुई सय वीस ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाे टाेलीले कास्कीकाे रूपा गाउँपालिका वडा नं. ५ देउरालीबाट पोखरातर्फ आउँदै गर्दा ग २ ख १३७२ नं. को बसमा सवार जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका वडा नं. १३ राङ्खोला बस्ने वर्ष २९ की अनिता श्रेष्ठको गहना तथा पर्स चाेरीमा संलग्न रहेकाे आराेपमा ३ जनालाई पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई चोरी भएको उक्त पर्स भित्र रहेको सुन जस्तो देखिने पहेँलो रंगको हार १ थान (उक्त हार टुक्रा टुक्रा गरी ३ प्रतिवादीहरुले बाँडेको टुक्राहरु), चाँदीको बेरुवा औंठी २ थान सहित पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार पक्राउ परेकाे तीन जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

पक्राउ व्यक्तिहरुको विवरण

  • जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१५ बस्ने वर्ष ४२ को गुरु प्रसाद बजगाई,
  • जिल्ला रौतहत चन्द्रनिगाहापुर न.पा. वडा नं. ८ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ शान्तिवन बस्ने वर्ष ३४ को रविन खड्का,
  • जिल्ला झापा कनकाई नगरपालिका वडा नं. ८ घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ खहरे बस्ने बर्ष ४५ को सुर्य भन्ने टेक बहादुर भुजेल ।
Facebook Comments