चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएकाे छ।

महाशाखाका अनुसार यतिबेला देशभर साधारणतया बादल लागेको छ भने गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान, बागमती प्रदेशको थोरै स्थान र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

साेमबार दिउँसाे देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने, मधेश तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाले देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ ।

महाशखाका अनुसार लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थान  मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

महाशाखाले गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ । 

साेमबार रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार  मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका पनि  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

Facebook Comments