सप्तरीमा कर्फ्यु कायमै
सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ ।
जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्मका लागि भने कर्फ्यु खुकुलाे हुने जनाएकाे छ । दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारिएकाे प्रशासने स्पषट पारेकाे छ ।

११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।
Facebook Comments

