माैसमः पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्नेछ।
महाशाखाले देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै रातकाे समयमा पनि कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थान मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

