कांग्रेसको देउवा पक्षले छुट्टै राष्ट्रिय भेला गर्ने, डा. सशांक काेइरालाकाे नेतृत्वमा समिति गठन
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरूले छुट्टै राष्ट्रिय भेला गर्ने भएका छन् ।
शनिबार संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि डा. सशांक काेइरालाकाे संयाेजकत्वमा आयोजक समिति गठन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । छ।
इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरिएकाे थियाे ।
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिमा १४ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश, जिल्ला स्थानीय तहका पदाधिकारीहरू सदस्य रहेका छन् ।
यही साउनकाे २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेला गरिने जानकारी साे अवसरमा दिइएकाे थियाे ।
Facebook Comments

