दुर्गा प्रसाई ‘जय नेपाल पार्टी’ काे सर्वाेच्च नेता

व्यवसायी दुर्गा प्रसाई र  नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ खाेल्ने भएका छन् ।

साे समूहका नेता नेता सगुन लावतीले जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएकाे जानकारी दिनुभयाे ।

लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गरिनेछ ।

प्रस्तावित नयाँ दलमा राणालाई अध्यक्ष र प्रसाईलाई सर्वोच्च नेताको जिम्मेवारी दिने तयारी छ ।  पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र देशको समसामयिक राजनीतिमा एवं जनजीविकाका सबालहरूमा दबावपूर्ण भूमिका खेल्ने जिकीर गरिएकाे छ ।

Facebook Comments