भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना डिसेम्बरमा स्वदेश फर्कने
भारतमा निर्वासित रहनुभएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा स्वदेश फर्कने घाेषणा गर्नुभएकाे छ ।
बुधबार भर्चुअल पत्रकार सम्मेलनम हसिनाले बंगलादेशी नागरिक सामू डिसेम्बर महिनामा जाने बताउनुभएकाे हाे । हसिनाले यसअघि पनि सञ्चारमाध्यमसँगकाे लिखित अन्तर्वार्तामा स्वदेश फर्कने बताउनुभएकाे थियाे ।

‘म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि कैयौं पटक गिरफ्तार भइसकेको छु। यसअघि पनि देश फर्किएकै थिएँ। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति भरोसा छ,’ रहेकाे हसिनाले उल्लेख गर्नुभयाे ।
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत निर्वासित हुनुपरेकाे थियाे ।
बंगलादेशकाे विशेष न्यायाधीकरणले मानवता विरूद्धको अपराधको अभियोग हसिनामाथि मृत्युदण्डको सजाय सुनाएकाे थियाे ।
बंगलादेशकाे अवस्था झन् खराब हुँदै गएकाे र विद्यार्थी विद्रोहमा हिंसात्मक घुसपैठ भएकाे हसिनाकाे दाबी छ ।

