सरकार सुरक्षित गन्तव्यतर्फ बढेकै छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले गन्तव्यतर्फ सही रूपमा नै अगाडि बढिरहेकाे जिकीर गर्नुभएकाे छ । देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै लामिछानेले सरकारलाई सही बाटोमा डोर्‍याएर गन्तव्यमा पुर्‍याउने दाबी गर्नुभयाे ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकारका काम कारबाहीप्रति गुनासाे बढीरहेका सन्दर्भमा आश्वत पार्ने प्रयास गर्नुभएकाे हाे ।

सरकार र रास्वपा पार्टी नेतृत्ववीच दरार देखिएकाे भन्ने बिषयमा लामिछानेले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिन आग्रह गर्नुभयाे ।

विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको उहाँकाे भनाइ थियाे ।

सम्बोधनका क्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्ने, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउन नहुने बताउनुभयाे ।

सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन लागिपर्ने सरकारले केही कमजाेरी गरेमा सच्याएर अगाडि बढ्ने लामिछानकाे भनाइ छ।

व्यापार व्यवसाय गर्दा केही कानुन परिपालनमा कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्ने, राज्यलाइ केही नाेक्सान पुगेकाे भए आर्थिक रूपमा भरपाइ गर्नुपर्ने तर त्रासमा राख्ने अन्य अपराधी जसरी समात्ने वा थुन्ने काम गर्न नहुने लामिछानेकाे तर्क थियाे ।

सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामर्थ्य राख्ने बताउनुभयाे ।

Facebook Comments