माैसमः पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशको केहि स्थानमा तथा कोशी,मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपसश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाले आइतबार दिउँसो तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने जनाएकाे छ।

दिनकाे समयमा देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेकाे तथा देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश साथै कोशी, बागमती र गण्डकी  प्रदेशका तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

रातकाे समयमा देशको हिमाली भू-भागका  केही स्थानमा  मध्यमसम्मको वर्षा र हिमपात, देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा सूदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे पनि जनाएकाे छ ।

Facebook Comments