साउन महिनाको अन्तिम सोमबार, शिवालयहरूमा भगवान शिवकाे पुजा आराधना
आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्वी श्रद्धालुहरुको भिड लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
साउन महिना भगवान शिवकाे पुजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू व्रत बस्ने गर्दछन भने माछा मासु पनि प्रयाेग नगरी शुद्ध साहाकारी व्रत बस्दछन् ।
अन्तिम सोमबारको दिन मात्रै व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।
साउन महिनामा नै बोलबम तीर्थालुहरु पनि शिव मन्दिरहरूमा पुग्ने गर्दछन् ।
शिवपूजाका लागि शुभ मानिने साेम प्रदाेष समेत परेकाे छ । त्रयोदशी तिथी पनि साेमबार पर्ने संयाेग ‘प्रदोष’ भनेको सामान्यत: सूर्यास्तअघि/पछिको विशेष समय हो ।
Facebook Comments

