काठमाडाैंमा पोर्चुगलकाे कन्सुलर कार्यालय खाेल्न सहमति प्रदान
काठमाण्डौमा पनि मिशन खोल्नका लागि नेपालले आग्रह गरे बमोजिम पोर्चुगल सरकारले नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने भएकाे छ ।
नेपाल सरकारकाे बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले पाेर्चुगल सरकारले कन्सुलर कार्यालय खाेल्ने निर्णय गरी सहमतिका लागि अनुरोध गरे अनुरुप सहमित प्रदान गरेकाे छ ।

कार्यालयले सेवा शुरु गरेपछि नयां दिल्ली स्थित पोर्चुगिज दूतावासबाट हुने सबै प्रकारका कन्सुलर सेवा काठमाण्डौबाट नै उपलब्ध हुनेछ। यसबाट पोर्चुगलमा बस्ने धेरै नेपालीहरुलाई पारिवारिक मिलन लगायतका काममा ठूलो राहत पुग्ने मात्र नभई दुई मित्र राष्ट्रहरुबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन पनि थप मदत पुग्ने विश्वास लिईएको छ।
Facebook Comments

