कांग्रेस देउवा पक्षकाे राष्ट्रिय भेला काठमाडाैंमा
नेपाली कांग्रेसको देउवा पक्षधर समूले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा संस्थापन इतर समूहले गर्न लागेकाे राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम तय भएकाे छ ।
देउवा पाँच महिनापछि विहीबार मात्रै स्वदेश फर्कनुभएकाे छ ।

देउवाले प्रमुख अतिथिको रूपमा भेलालाई सम्बोधन गर्नेछन् । सभापतित्वको आसनग्रहण भेला संयोजक डा. शशांक कोइरालाले गर्ने तय भएकाे छ । कांग्रेसमा गत पुसमा विशेष महाधिवेशन गरी गगन थापाकाे सभापतित्वमा केन्द्रीय समिति चयन भएकाे थियाे । साे समितिलाई देउवा पक्षधर समूहले अस्वीकार गर्दै छुट्टै भेला गर्न लागेकाे हाे ।
साे सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा पुनरावलाेकनमा गएकाे छ ।
देउवा पक्षका नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू विशिष्ट अतिथिको रूपमा सहभागी हुने बताइएकाे छ ।

